प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा केशव स्थापितको दावी पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

काठमाडौं, ६ पुष । काठमाडौं ६ बाट प्रदेशसभामा निर्वाचित सांसद केशव स्थापितले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा पार्टी निर्णय वा संसदीय दलको चुनाव दुवै प्रक्रियाबाट मुख्यमन्त्रीको दाबेदार बन्ने बताएका छन् ।

स्थापितले मुख्यमन्त्रीमा आफ्नो दावी रहेको सार्वजनिक गरेका हुन् । ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नाम आइरहेका बेला स्थापितले आफू मुख्यमन्त्री बन्ने दावी गरेका हुन् ।

 

बुधवार साँझ पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता स्थापितले पार्टीमा उनी भन्दा सिनियर नेताहरु पनि यो प्रदेशबाट निर्वाचित भएपनि केपी ओलीका देश विकासको स्पिरिटसँग उनमो योजनाहरु मिल्ने बताए । मलाई आशा छ पार्टीले उनलाई यो प्रदेश बनाउने जिम्मेवारी दिनेछ विश्वास पनि व्यक्त गरे ।

स्थापितले आफूले राजधानीको मेयर हुँदा गरेका केही कामको उदाहरण दिँदै ५ वर्षभित्र ३ नम्बर प्रदेशको पूर्वाधार विकासमा चमत्कार गर्ने बताए ।