प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने शेरधन राईको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने शेरधन राईको दाबी

काठमाडौं, १० माघ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री शेरधन राईले आफू प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने दावी गरेका छन् । नेता राईले प्रदेश नम्बर १ का प्रदेश सभाका सदस्यहरुले आफूलाई मुख्यमन्त्री बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश नम्बर १ मा एमालेका सचिव भीमप्रसाद आचार्यले पनि मुख्यमन्त्रीमा दावी गरिरहेका छन् । तर, नेता राईले प्रदेशसभाका सदस्यले आफूलाई मुख्यमन्त्री बनाउने विश्वास व्यक्त गरे ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पर्यटन र उर्जा क्षेत्रको विकास गरी प्रदेश नम्बर १ लाई समृद्ध बनाउने योजना पनि अघि सारे । भोजपुरबाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित नेता राईले माओवादी केन्द्रसँगको पार्टी एकतामा अब ढिलाई नहुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);