प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सपथ लिए

विराटनगर, ३ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता शेरधन लाईले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उनले प्रदेश प्रमुख डाक्टर गोबिन्द सुब्बाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ ग्रहणसँगै उनले ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख सुब्बाले एमालेका हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना, एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);