प्रदेश २ का मुख्यमन्त्री राउत सहित दुई मन्त्रीले सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश २ का मुख्यमन्त्री राउत सहित दुई मन्त्रीले सपथ लिए

जनकपुरधाम, ३ फागुन । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत सहित दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशप्रमुखको कार्यालय जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउत सहित दुई मन्त्रीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री राउतले मन्त्रीमण्डल बिस्तार गरेका छन् । मुख्यमन्त्री राउतले राजपाका जीतेन्द्र सोनल र संघीय समाजवादी फोरम नेपालका विजय यादवलाई मन्त्री बनाएका छन् ।

मुख्यमन्त्री राउतले आन्तरिक मामिला तथा कानून भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफै सम्हालेका छन् । त्यस्तै सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रालय,उद्योग पयर्टन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएकोे छ ।

त्यस्तै यादवलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीनै जना मन्त्रीले तीन भाषामा सपथ लिएका छन् । मुख्यमन्त्री राउतले भोजपुरी, सोनलले हिन्दी र यादवले मैथीली भाषामा सपथ लिएका हुन् । सपथपछि मुख्यमन्त्री राउतले सरकार प्रदेश नम्बर २ को विकासमा केन्द्रित हुने बताए । प्रदेश नम्बर २ मा फोरम र राजपाको बहुमत भएकाले दुइ दलले सरकार गठन गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);