मन्त्री बनेका मनाङेद्धारा सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

मन्त्री बनेका मनाङेद्धारा सपथ ग्रहण

पोखरा। गण्डकी प्रदेश सरकारमा नियुक्त पाएका दीपक मनाङे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।मनाङेलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेसंगै मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको हो । मनाङे मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए ।

उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन समेत दिएका थिए । सामाजिक विकास मन्त्रालय विभाजन गरेर मनाङेलाई मन्त्री बनाइएको छ ।

यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रिक्त अवस्थामा रहँदै आएका थिए । कानुन मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पाएका छन भने कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले नेतृत्वमा रहेको छ।

Leave a Reply

ताजा समाचार