गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुट्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुट्दै

कास्की । गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति भएको छ ।

गठबन्धनबीच भएको समझदारी अनुसार प्रदेश सरकारका प्रवक्ता समेत रहेका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनले अर्थ या भौतिक पूर्वाधारमा दावी गर्दै आएका थिए ।

यस्तै, माओवादी केन्द्रबाट मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ । जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउने टुंगो लागेको छ ।

यसअघि उनले अर्थ मन्त्रालयमा दावी गर्दै आएका थिए । अर्का विना विभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ ले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

मन्त्रीको कार्यविभाजन भए पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका छैनन् । प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालय मध्ये अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफैसँग राखेका छन् । बाँकी मन्त्रीको नियुक्ति बजेट पारित भएपछि गर्ने दलहरूबीच सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);