कांग्रेसका प्रमुख सचेतक खाँणलाई गृहमन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसका प्रमुख सचेतक खाँणलाई गृहमन्त्रालय

balkrishna khad

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारमा कांग्रेस नेता बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् । खाँण कांग्रेसका प्रमुख सचेतक समेत हुन् । उनले यसअघि रक्षा र सिंचाई मन्त्रालय सम्हालिसकेका छन् ।

त्यसैगरी कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की पनि मन्त्री बन्ने भएका छन् । यद्यपी उनलाई कुन मन्त्रालयको जिम्मा दिइएको भन्ने टुंगो भने लागेको छैन । देउवा नेतृत्वको सरकारमा अर्थ र ऊर्जा मन्त्रालयमा भने माओवादी केन्द्रले पाउने भएको छ ।

माओवादी केन्द्रका जनार्दन शर्माले अर्थ र पम्फा भुसाले ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालय पाउने भएका हुन् । प्रधानमन्त्री देउवाको शपथ ग्रहण आजै हुँदै छ भने सो लगत्तै मन्त्रीहरुलाई पनि शपथ ग्रहण गराइने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);