अर्थ मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको बिदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अर्थ मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको बिदाई

काठमाडाैं । वर्तमान सरकारको असामयिक बर्हिगमन सँगै सिंहदरबारबाट मन्त्रीहरुको बिदाई गरिएको छ । सिंहदरबारमा मंगलबार अपरान्ह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाई भएको छ । अर्थ मन्त्रालयमा दोस्रो पटक मन्त्रीको रुपमा आएका मन्त्री पौडेलले आफ्नो कार्यकाल सफल भएको बताएका छन ।

आफुले निष्ठापूर्वक काम गरेकोले सन्तुष्ट हुँदै बिदा भएको बताए । कार्यभार सम्हाल्ने समयमा चुनौतीको चाङ रहेको स्मरण गर्दै मन्त्री पौडेलले कर्मचारीको सहयोगले सहजताका साथ काम गरेको बताए । अर्थमन्त्री पौडेलले सरकारमा आउने जाने काम निरन्तर हुने हुँदा अनौठो मान्नु नहुने बताए ।

यस्तै सिंहदरबारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको पनि बिदाई गरिएको छ । भौतिक मन्त्री नेम्वाङले आफुले चाहेजस्तै गरी कर्मचारीहरुको सहयोग पाएका कारण राष्ट्र र जनताप्रतिको दायित्व पुरा गर्न सकेको बताए ।

कर्मचारीहरुकै साथका कारण आफुले मन्त्रालयको शाख गिर्न नदिएको उनले बताए । उनले ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको पनि उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);