प्रधानमन्त्री नियुक्ती विज्ञप्तिमा देउवाको आपत्ति, विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री नियुक्ती विज्ञप्तिमा देउवाको आपत्ति, विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले आपत्ति जनाएका छन् ।राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कुन धाराका आधारमाप्रधानमन्त्री नियुक्ती गरेको हो भन्ने उल्लेख नगरिएपछि देउवाले आपत्ति जनाएका हुन् ।

देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा मुख्यसचिव शंकरदास वैरागीलाई बोलाई प्रधानमन्त्री नियुक्तीको भाषा नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका हुन् । विज्ञप्तिमा राष्ट्रपतिले सर्वोच्च अदालत र संवैधानिक इजलासको बमोजिम प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेुस संसदीय दलका नेताले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको छ ।

देउवाले आफू कांग्रेसको संसदीय दलको नेताको हैसियतमा नभई धारा ७६(५) अनुसार नियुक्त हुनुपर्ने तर्क राखेका छन् । विज्ञप्ति सच्याउने निर्देशन पछि यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् । विज्ञप्तिबारे हाल विभिन्न सञ्चारमाध्यमहरुमा पनि आलोचना भईरहेको छ । विज्ञप्ति नसच्चिएकाले सांझ ६बजेको लागि तय गरिएको शपथ ग्रहण कार्यक्रम अझै सुरु भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);