काठमाडौं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा जारी पार्टी केन्द्रिय समितिको बैठकले ११ जनालाई मनोनीत गर्दै सचिवालय विस्तार गरिएको पार्टी केन्द्रिय सदस्य मनिष झाले जानकारी दिनुभएको हो । उहाँका अनुसार पार्टी बैठकले पार्टी सभापति रवि लामिछानेको प्रश्तावमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा झाकाअनुसार बैठकले थप नौ जना केन्द्रिय सदस्य समेत मनोनित गरेको छ ।




