नेपाल कम्युनिष्ट पार्टीको नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल कम्युनिष्ट पार्टीको नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन

नुवाकोट, १५ माघ । नेपाल कम्युनिष्ट पार्टीको नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन गरिएको छ ।बिहीबार ओली पक्ष नेकपाले आयोजना गरेको जिल्ला विस्तारीत बैठकले दाहाल–नेपाल पक्ष समुहका अध्यक्ष हिरानाथ खतिवडालाई कारवाही गर्दै ओली पक्षका नेता बद्री मैनालीलाई अध्यक्षको जिम्मा दिइएको हो ।

बैठकले पार्टी अध्यक्षको जिम्मा मैनालीलाई दिएपनि अन्य सचिवालयको जिम्मेवारी भने कसैलाई दिएको छैन । बाँकी रहेका पदाधिकारीको जिम्मेवारी समेत छिट्टै बैठक बसेर टुङ्ग्याउने नेकपाका ओली पक्षका नेता तथा केन्द्रिय कमिटिका सदस्य केशव पाण्डेले जनाकारी दिनुभयो ।

यस्तै बैठकले बिहीबार नै १ सय ३१ सदस्य जिल्ला सचिवालय समितिमा थप गरेको छ । यससँगै नेकपा नुवाकोटको जिल्ला कमिटिमा अब झण्डै ४ सय सदस्य पुगेको छ ।बिहीबारको बैठकले प्रचण्ड–नेपाल समुहका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायण खतिवडालाई समेत कारवाही गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);