दाहाल–नेपाल पक्षको स्थायी कमिटीद्वारा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई कारबाही गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाहाल–नेपाल पक्षको स्थायी कमिटीद्वारा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई कारबाही गर्ने निर्णय

काठमाडौँ, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाएको छ ।पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

बैठक पछि संचारकर्मीहरु सँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लघंन गरेकोले कारबाही गरेको बताउनु भयो ।प्रधानमन्त्रीले संसद विघटन गरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

यस्तै आज बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रिय कार्यालयको सचिवमा स्थाई समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);