नेकपाको एकता महाधिवेशन आगामी मंसिर २ देखि ७ सम्म | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

नेकपाको एकता महाधिवेशन आगामी मंसिर २ देखि ७ सम्म

काठमाडौं, ७ पुष । नेकपाको एकताको महाधिवेशन आगामी मंसिर २ देखि ७ सम्म काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि नेकपाले ११ सय ९९ केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको थियो ।

बैठकले पार्टीको नयाँं प्रवक्ता तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले प्रदिप ज्ञावलीलाई नयाँं प्रवक्ता तोकेको हो।

यस अघिका प्रवक्ता नारायाणकाजी श्रेष्ठले पार्टीको औपचारिक धारणा बोकेर हिड्न नसकेको आरोप लगाउदै उहाँलाई सो जिम्मेवारीबाट मुक्त गरिएको बालुवाटार स्रोतले बतायो।

ज्ञावली नेपाल सरकारका समेत प्रवक्ता हुनुहुन्छ। उहाँ नेकपा स्थायी समितिका सदस्य समेत हुनुहुन्छ। बैठकले बुधबार प्रदेशस्तरमा सभा गर्ने निर्णय गरेको छ।

यस अघि बैठकमा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पार्नुभएको छ । उहाँले अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने बताउनुभएको छ ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउँन नचाहेको बताउनु भएको थियो।

Leave a Reply

ताजा समाचार