प्रम ओलीपक्षीय युवाले गरे काभ्रेको पार्टी कार्यालय कब्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रम ओलीपक्षीय युवाले गरे काभ्रेको पार्टी कार्यालय कब्जा

अरबिन्द्र गौतम
काभ्रे, ७ पुष ।
नेकपा फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका युवाले पार्टी कार्यालय कब्जा गरेका छन् ।
नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना, विपिन लामा, जेनिस लामा लगायतका नेता पार्टी कार्यालय कब्जा गर्न पुग्नुभएको हो

युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई, अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र लामा लगायतका युवाहरु समेत मिलेर कार्यालय कब्जा गरिएको हो ।

नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव टोकवहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेर एकलौटी रुपमा विज्ञप्ती प्रकाशित गरेसंगै युवा विद्यार्थीहरुले आक्रोशित हुँदै पार्टी कार्यालय कब्जामा लिएर ताला लगाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);