नेपालमा बाह्य चलेखल खतरनाक हुँदै थियो, त्यसलाई प्रधानमन्त्रीको कदमले रोकेको छ : अध्यक्ष बिजुक्छे (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा बाह्य चलेखल खतरनाक हुँदै थियो, त्यसलाई प्रधानमन्त्रीको कदमले रोकेको छ : अध्यक्ष बिजुक्छे (भिडियोसहित)

काठमाडौं, ७ पुष । प्रतिनिधि सभा विघटन गरी निर्वाचनमार्फत नयाँ जनादेशमा जाने प्रधानमन्त्रीको निर्णयप्रति फरक फरक प्रतिक्रिया आइरहेको छ ।

फरक प्रतिक्रिया कै बीच पुराना कम्युनिष्ट नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ जनादेशमा जाने प्रधानमन्त्रीको कदम सही भएको बताउनु भएको छ ।

नेकपा भित्रको लामो किचलोले मुलुकमा राजनीतिक अस्थिरता बढेको बेला राजनीतिक स्थिरताको लागि नयाँ जनादेशमा जानुको विकल्प नभएको उहाँले बताउनु भयो ।जे भएको छ सही भएको छ बरु ढिलो भएको अध्यक्ष बिजुक्छेले बताउनु भयो ।

अहिलेको राजनीतिक किचलोमा प्रतिनिधि सभा विघटन नगरेको भए मुलुकमा ठूलो राजनीतिक दुर्घटना हुने स्थिति देखिएको नेकमकिपाका अध्यक्ष विजुक्छेले बताउनु भयो । मुलुकलाई बचाउन प्रधानमन्त्रीको कदम सही भएको ठहर गर्दै अध्यक्ष विजुक्छेले नयाँ जनादेशको लागि निर्वाचनमा जान सबैलाई अपील पनि गर्नु भयो ।

भिडियोको लागि तलको लिंक थिच्नुहोस :


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);