कसकाे कारण संघीयता संकटमा ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कसकाे कारण संघीयता संकटमा ? (भिडियाेसहित)

काठमाडाैं, २६ पुष । कुनै सैद्धान्तिक बहस बिनाको सत्ता स्वार्थ र पद, प्रतिष्ठाको लडाईले नेकपा भित्र विवाद बढ्यो । यही विवादका कारण नेकपामा र मुलुकमा संकट देखा परेपछि प्रधानमन्त्री प्रतिनिधि सभा विघटन गर्न बाध्य हुनु भएको तर्क नेकपा सांसद देवेन्द्र दाहालको छ । झापा जिल्ला इन्चार्ज भएर ४२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय दाहालका अनुसार प्रधानमन्त्रीको कदमले मुलुकमा अस्थिरता र संकट आएको नभइ स्थिरताको लागि निकास खोज्ने प्रयास भएको हो ।

यदि प्रधानमन्त्रीको कदम अनुसार नयाँ ताजा जनादेशमा जाने हो भने, अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य हुनेछ । मुलुकमा अस्थिरता ल्याउने गरी सडक प्रदर्शन भइरहेको बेला अस्थिरतालाई बल पुग्ने गरी जसरी चार जना पूर्व प्रधानन्यायाधीशहरुबाट संयुक्त वक्तव्य आएको छ यो अराजकतालाई मलजल गर्ने गलत काम हो । अदालतलाई प्रभावित पार्ने गरी यसरी संगठित रुपमा न्यायालय हाँकेकाहरुबाट वक्तव्य आउनुलाई जायज मान्न सकिन्न ।

नेकपाकै कारण संघीयता कमजोर भयो भन्नु गलत हो । प्रधानमन्त्रीको कदमले संघीयतालाई संस्थागत गर्न मद्दत पुगेको छ । राष्ट्रिय सभाका सांसद समेत रहनु भएका दाहालको भनाईको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद शिवप्रसाद हुमागाईले भने खण्डन गर्नु भएको छ । ४२ वर्षदेखि नै राजनीतिमा सक्रिय रहनु भएका एवं काभ्रे जिल्ला सभापति समेत हुनु भएका हुमागाईका अनुसार नेकपाको आन्तरिक किचलोले मुलुकमा अस्थिरता बढाएको छ ।

देशको अर्थतन्त्र तहसनहस भइ जनता निराश बनाउने काम भएको छ । नेकपा भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रतिनिधि सभा नै विघटन गर्ने कदम चाल्नु सर्वथा संविधान र लोकतन्त्रमाथिको नै प्रहार हो । प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक मात्र होइन असंवैधानिक पनि छ । संसदको सामना गर्न नसक्नु नेतृत्वको कमजोरी हो ।

सरकार बनाउने पर्याप्त विकल्प हुँदाहुँदै प्रतिनिधि सभा विघटन गर्नु पद र शक्तिको दुरुपयोग हो । जहांसम्म संघीयता माथि पुनर्विचार गर्ने सवाल हो । अहिले नै त्यो बेला भइसकेको छैन । कांग्रेस संविधानको रक्षा र संघीयताको संस्थागत गर्ने काममा दृढ छ ।

अन्तर्वार्ताको पूरा भिडियो तल हेर्न सकिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);