नेता नेपालको टिप्पणी - ओली र भारतसँगको साँठगाँठले वामपन्थी शक्तिहरूमाथि संकट थपिने खतरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेता नेपालको टिप्पणी – ओली र भारतसँगको साँठगाँठले वामपन्थी शक्तिहरूमाथि संकट थपिने खतरा

काठमाडौँ। नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतसँगको साँठगाँठ प्रष्टरुपमा देखिएको बताएका छन् ।
शुक्रबार प्रधानमत्री ओलीद्धारा पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले प्रतिक्रियावादी शक्तिहरुसँग साँठगाँठ गरेको बताए । बर्तमान प्रधानमन्त्री ओलीको गैरकम्युनिष्ट व्यवहारलेनै मुलुकमा दक्षिणपन्थी शक्तिहरू हाबी हुन थालेको स्पष्ट भएको भन्दै नेता नेपालले आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्ने आंकलन गरेका छन् ।

नेता नेपालले आफुनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा आफूहरुले चैतमै गरेको विश्लेषण प्रधानमन्त्री ओलीले शुक्रबार व्यवहारिकरुपमा देखाएका भन्दै ओलीको उक्त एकल निर्णयले लोकतन्त्र र संविधानमाथि आँच आउने काम भएको बताए ।

नेपालले संवोधनकाक्रममा भनेका छन्,‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो ।

प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका उनको तर्क थियो । बर्तमान केपी ओली नेतृत्वको सरकार काम चलाउ मात्र भएको भन्दै नेपालल यसरी मन्त्रिमण्डल पुनर्गठन गर्नु स्वत संविधानको बर्खिलाप भएको उल्लेख समेत गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);