ओली बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिन्छौँ : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओली बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिन्छौँ : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले केपी ओलीको तानाशाही परास्त गर्न आफूहरु विद्रोहीका रुपमा विपक्षी भएको बताएका छन् ।

शनिबार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी पत्रकारहरुसँगको अन्तरक्रियालाई संवोधन गर्दे नेता नेपालले प्रधानमन्त्रीले गरेका हर्कत परास्त पार्नका लागि आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी भएको बताएका छन् ।

नेपालले आफूलाई प्रधानमन्त्री बन्नका लागि ओली पक्षले आग्रह गरे पनि ओलीसँग सांडगाँठ नहुने बताएका छन् । आफूलाई ओली पक्षबाट बारम्बार प्रधानमन्त्री बन्नुपर्ने आग्रह आइरहेको कुरा सार्वजनिक गरेका छन् ।

मलाई प्रधानमन्त्री अफर गरेर केही फाइदा नहुने भन्दै नेपालले प्रधानमन्त्री ओलीले आफूहरुलाई कोलिसन बनाएको तर्क गरे । ओली बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिने भन्दै नेपालले ओलीका कारण नेपाली जनता आर्जित भइसकेको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);