ओलीको टाङमुनि छिर्ने कुरा मलाई कदापी मञ्जुर छैन : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओलीको टाङमुनि छिर्ने कुरा मलाई कदापी मञ्जुर छैन : नेपाल

काठमाडाैं, १० चैत । पूर्व प्रधानमन्त्री एवं एमालेका नेता माधवकुमार नेपालले आफूहरु प्रधानमन्त्री केपी ओलीको टाङमुनि छिरेर आत्मसमर्पण नगर्ने बताएका छन् ।

नेता नेपाल पक्षीय विद्यार्थी संगठनको राजधानीमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई मंगलबार संवोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ‘हामीबाट घुँडा टेक्ने काम हुने छैन, ओलीको टाङमुनि छिरेर आत्मसमर्पण गर्ने कुरा कदापी मन्जुर हुने छैन’ नेपालले भने।

नेपालले भने ‘ओलीले सोधेको स्पष्टीकरणबाट हामी आतिएका छैनाैं, कसैले माधव नेपाल अलमल र द्धिविधामा प¥यो पनि भने तर म कदापी अलमलिएको छैन, द्धिविधमा छैन’।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसुन्जेल दुई दिनको चुरीफुरी देखाएको तर सडकमा आएपछि उनको हावा खुस्कने नेपालले दावी गरे । आफ्ना कारण पार्टी नफुट्ने तर ओलीका कारण पार्टी फुट्ने नेपालले बताए । नेपालले आफूहरु ७७ जिल्लामा जाने र संगठन निर्माण गर्ने घोषणा समेत गरे ।

उनले प्रधानमन्त्री ओलीमा व्यक्तिवादी चारित्र हावी भएको र व्यक्तिलाई केन्द्र भागमा राखेर चल्ने गरेको नेपालको भनाई छ । नेपालले आफूहरु संगठनलाई केन्द्र भागमा राखेर चल्ने गरेको दावी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);