विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमाः आठ हेलिकप्टर परिचालन, त्रिशूली अस्पताल तयारी अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमाः आठ हेलिकप्टर परिचालन, त्रिशूली अस्पताल तयारी अवस्थामा

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधवार बिहान ९ बजे भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र साहले चासो व्यक्त गरेसँगै सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो । छलफलपछि नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको जिउधनको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो । नेता आङदेम्बेकाअनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हालसम्म आठवटा हेलिकप्टर परिचालन गरिसकिएको छ । उद्धार कार्यलाई तीव्रता दिन नुवाकोटको धुन्चे र त्रिशूलीमा रहेका हेलिप्याडहरूलाई पूर्ण रूपमा प्रयोगमा ल्याइएको छ । यस्तै, घाइतेहरूको उपचारका लागि त्रिशूलीस्थित सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको मुख्य प्राथमिकता प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु र घाइतेको उपचार गर्नु हो । सरकारले स्रोतसाधन परिचालन र बजेट व्यवस्थापनमा कुनै हिचकिचाहट नगरी अगाडि बढ्नुपर्छ, जसमा प्रतिपक्षको पूर्ण साथ रहनेछ ।’
बाइट…भीष्मराज आङदेम्बे, संसदीय दलका नेता, नेपाली काँग्रेस
विपद्बाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको र उपलब्ध सबै संयन्त्रहरूलाई अधिकतम परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले सम्बन्धित मन्त्रालयहरूलाई तत्काल क्रियाशील हुन निर्देशन दिइसकेको छ ।

Leave a Reply

ताजा समाचार