मौसम प्रतिकुलको कारण हराएको जहाज खोजी गर्न गएको हेलिकप्टर फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मौसम प्रतिकुलको कारण हराएको जहाज खोजी गर्न गएको हेलिकप्टर फिर्ता

काठमाडौं । जोमसोमबाट हराएको जहाज खोजी गर्न गएको फिस्टेल एयरको हेलिकप्टर मौसम प्रतिकुलको कारण फिर्ता भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजसम्पर्कविहिन भएपछि खोजीको लागि गएको फिस्टेल एयरको हेलिकप्टर जोमसोमबाट पठाईएको थियो तर प्रतिकुल मौसमको कारण हेलिकप्टर पुन जोमसोम नै फर्किएको हो ।

काठमाडौं पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको खोज तथा उद्धार समन्वय केन्द्र नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मौसममा सुधार आउनासाथ हवाईमार्गमार्फत खोज कार्य पुनः शुरु गरिने प्राधिकरणले जनाएको छ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको प्राधिकरणको भनाइ छ । पोखराबाट बिहान ९बजेर ५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित उडेको तारा एयर सम्पर्कविहिन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);