दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरूको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । मन्त्री खाणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन् । मन्त्रालयले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ। मन्त्री खाणको निर्देशनपछि घटनास्थलमा घाइते र प्रभावितहरुको उद्धार र खोजी कार्यका लागि हेलिकप्टर परिचालन गरिएको र घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार रहेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका सहसचिव प्रदीप कोइरालाले बताए।

शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। पहिरोमा परी मृत्यु भएका ५ जनाको शव भटिएको छ भने अझै ७ जना बेपत्ता छन् । पहिरोमा परी आठ जना घाइते भएका र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);