सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बिहान ८ बजे बस्दै, | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बिहान ८ बजे बस्दै,

काठमाडौं ।  सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरूको प्रतिक्रिया रहेको थियो।

शनिबारको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको बताइएको छ। हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ।

अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ। चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ, उनले भने।

Leave a Reply