राष्ट्रिय सभा निर्वाचनः कुन स्वार्थका लागि राजनीतिक खिचडी पाक्न लागेको हो भन्ने तेर्सियो प्रश्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राष्ट्रिय सभा निर्वाचनः कुन स्वार्थका लागि राजनीतिक खिचडी पाक्न लागेको हो भन्ने तेर्सियो प्रश्न

काठमाडौं,२० पुस । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

सहमति नजुटेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने भएको छ । बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक र रणनीतिक रुपमा पनि गलत छ भनेर माधव नेपाल कडा रुपमा प्रस्तुत हुनुभएको थियो । बैठकमा सहभागी काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको जानकारी दिनुभयो ।

प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);