मधेशी आयोगका अध्यक्ष डा.दत्त आज भारत जादै | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

मधेशी आयोगका अध्यक्ष डा.दत्त आज भारत जादै

काठमाडौं,२० पुस ।  मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त नेपाल भारत मैत्री सम्मेलनमा विशिष्ट अतिथिको रुपमाभाग लिन आज दिउसो नेपाल वायुसेवाको विमान द्वारा भारत जाने भएका छन् । सो सम्मलेनको आयोजक संस्था नेपाल भारत मैत्री संगठनको निमन्त्रणामा आयोगका अध्यक्ष डा.दत्त नेपालको प्रतिनिधित्व गर्दै सो सम्मेलनमा भाग लिन भारत जादै छन् ।

भारतको उत्तरप्रदेश राज्यको वृन्दावनमा जनवरी ६ देखी ८ सम्म आयोजना हुने सो सम्मेलनमा दुवै देशका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता हुने बताइएको छ । सो सम्मेलनले आफ्नो सहभागिताले दुवै देशको सम्बन्धमा अझ सुधार आउने अध्यक्ष डा।दत्तले बताएका छन् ।

अध्यक्ष डा.दत्त पुस २४ गते नेपाल फर्किने दत्तको सचिवालयले जनाएको छ ्र

Leave a Reply