गठबन्धनको बैठक जारी, झलनाथ पनि पुगे बालुवाटार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गठबन्धनको बैठक जारी, झलनाथ पनि पुगे बालुवाटार

jhalnath khanal

काठमाडौं । शक्ति बाँडफाँटमा सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् ।

नयाँ सरकार निर्माणका लागि सत्ता गठबन्धनमा सहमति जुटाउन खनाल वालुवाटार पुगेका हुन् ।

वालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल छलफलमा छन् ।

राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको समयमा आज साँझ ५ बजे सकिँदैछ । गठबन्धनमा सरकारको प्रधानमन्त्री पदमा माओवादी र कांग्रेसको दाबीका कारण सहमति हुन सकेको छैन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);