कांग्रेसबाहेक सत्ता गठबन्धनका नेताहरुबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसबाहेक सत्ता गठबन्धनका नेताहरुबीच छलफल

काठमाडौं । नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका नेताहरुबीच आज बिहान छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटारमा भेला भएर छलफल गरेका हुन् । सत्ता गठबन्धनको बैठक बस्नुअघि नेताहरुले साझा धारणा बनाउन छलफल गरेका हुन् । बैठकबाट बाहिरिने क्रममा नेताहरुले कुनै प्रतिक्रिया दिएनन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारयणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अशोक कुमार राई सहभागी थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);