एमसीसीमा सहमति जुटाउने प्रयास, सत्तागठबन्धनको ‘निर्णायक बैठक’ सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

एमसीसीमा सहमति जुटाउने प्रयास, सत्तागठबन्धनको ‘निर्णायक बैठक’ सुरु

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । हिजोको बैठकमा सहमति जुट्न नसकेपछि आज सहमति जुटाउनको लागि बैठक निर्णायक बैठक डाकिएको हो । आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना भने न्यून छ ।

सत्तागठबन्धनको बैठकअघि गठबन्धनमा आवद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता छिटोभन्दा छिटो संसदबाट अनुमोन गराउन चाहे पनि सत्तारुढ माओवादी केन्द्र, नेकपा एस र जसपाले सहमति दिएका छैनन् ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । नेकपा एस र जसपा पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);