राष्ट्रिय निर्णयमा समाजीक सञ्जाल र काठमाण्डौंमा हुने प्रदर्शन निर्णायक हो ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

राष्ट्रिय निर्णयमा समाजीक सञ्जाल र काठमाण्डौंमा हुने प्रदर्शन निर्णायक हो ?

बर्षौ देखि एमसीसी विवादमा छ। राष्ट्रिय राजनीतिका हरेक पक्षमा यसले प्रभाव पारेको छ। एमसीसी कै कारण राजनीतिक दलहरु विभिजित छन्। दलभित्र नेताहरु पनि विभाजित छन। पार्टीभित्र नेताहरुको गुटगत पक्ति समेत विभाजित छ।

यस प्रकार हेर्ने हो भने सिंगो देस नै एउटा सामान्य विदेशि अनुदान केन्द्रित बनेको छ। अझ भन्ने हो भने देस नै द्धन्द तर्फ उन्मुख भईरहेको छ। प्रजातान्त्रीक मुलुकमा कुनै पनि विषयमा वादविवाद र प्रतिवाद हुनु लाई सामान्य रुपमा लिनु पर्ने हुन्छ। राजनितिक उच्चतम संस्कार प्रयोग गर्दै यस्ता विषयहरु प्रजातान्त्रीक शैलिमा नै हल गर्नु पर्ने हुन्छ। तर हाम्रो देशका नेताहरु दोहोरो चरित्र बोकेको दलिय नजर भन्दा माथी उठ्न सकिरहेका छैनन्। नेता हरुको यस्तै प्रबृतिको कारण जनताहरु समेत दिग्भ्रमित भईरहेका छन्।

आज देशमा राम्रो के हो, नराम्रो के होे? भनेर सामान्य नागरिकले पहिचान गर्न सक्ने अवस्था छैन। के लाई जनमत भन्ने? संसद भवन अगाडी उफ्रिने ५ सय जनाको जथ्थालाई वा सत्ताको कुर्सी अगाडी नतमस्तक बन्दै पटकट पटक विवादास्पद छवि बनाएका नेताहरुलाई, अथवा देशले धान्नै नसक्ने बनाएका राजननितिक संरचना भित्रका विवेक प्रयोग गर्न नसक्ने अवस्थामा पु-याईएका जनप्रतिनिधिहरुको आवाजलाई ?

नेपाल लामो समय देखि चार पाँच जना नेताहरुको राजनितिक चक्रव्युको चङगुलमा फसीरहेको छ । सिंगो राजनिति र जनता त्यस्ता व्यक्तिहरुको पञ्जाबाट मुत्ति पाउन सकिरहेका छैनन् । सिंगो पार्टी पंक्ति पनि दुई चार जना नेताहरुको वरिपरी घुमिरहेको छ ।

जनप्रतिनिधिहरुले हामीले पनि विवेक प्रयोग गर्न पाउनु पर्छ भन्न सक्दैनन् । यस्तो अवस्थामा सामाजिक सञ्जालमा आउने समाचारबाट दिग्भ्रमित भएका जनता साँची नै ठिक कि बेठिक भन्ने कुरा छुट्याउन सक्ने अवस्था छैन ।

एमसीसी ठिक होईन भने, निर्वाचन पछि मात्र एमसीसी पास गरौँला भन्नुको कुनै तुक छैन। र यसका लागि समय पर्खिनुको पनि अर्थ पनि छैन। तर समयलाई राजनितिक कसीमा सँधैभरी हिँडाउने प्रयत्न गर्ने र समय भन्दा आफुलाई बलवान सम्झने प्रबृतिका कारण देश गम्भिर संकट तर्फ उन्मुख हुँदै छ।

अर्थ राजनिति भन्दा कोरा राजनितिमा रमाउने प्रवृतिका कारण अब देश गम्भिर संकट तर्फ उन्मुख भइसकेको छ। देश चलाउने सात वटा प्रदेस सरकार र संघिय सरकार मुकदर्शक बनेका छन्।

जनप्रतिनिधि हरु जिम्मेवारी विहिन अवस्थामा छन्। राज्यका सबै निकायहरु निकम्मा सावित गर्दै राज्यलाई विवादको भुमरीमा धकेल्न र जनतालाई निराश गराउने बाहेक केहि हुन सकेको छैन। त्यसैले अब जनताले जनमतको सहि अर्थ बुझ्ने अवस्था आएको छ।

सम्बन्धीत सबै पक्षले पनि सामाजिक सञ्जाल र केहि हजार मानिसहरुको कलुसित विचार मान्नु आफ्नै लागि भुल हुन सक्छ भन्ने हेक्का राख्न जरुरी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);