निष्ठाको राजनीति नहुँदा नेताहरु व्यक्तिगत गालीगलौजमा उत्रिए | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

निष्ठाको राजनीति नहुँदा नेताहरु व्यक्तिगत गालीगलौजमा उत्रिए

निष्ठाको राजनीति नहुँदा नेताहरु व्यक्तिगत गालीगलौजमा उत्रिए, आसन्न निर्वाचन शिर्ष नेतृत्वको असहिष्णु भाषणले प्रदुषित बन्दै

स्थानीय तहको निर्वाचन आफ्ने पक्षमा पार्न राजनीतिक दलका नेताहरु यति वेला देस दौडाहमा छन। जनताकोबीचमा गएर पछिल्लो निर्वाचनमा विजयी भए पछि गरेको काम देखाउन सक्ने ल्याकत नभएका नेताहरुले चुनावमा भोट तान्नका लागि एक अर्काको खोइरो खन्ने काम गरिरहेका छन। निर्वाचनको प्रचारप्रसारमा जादा नेताहरुले देस बनाउने भिजन दिन सकिरहेका छैनन । यस्ता नेताहरु नेतृत्वमा पुगे देस र जनताको भविष्य सुन्दर होला भनेर कल्पना गर्नु नै नेपाली राजनीतिको विडम्बना हो।

नेता र नेता बीचको फरक भनेकै उनीहरुको बिचार को फरक हो। राजनीतिमा फरक विचारधाराका कारण नेताहरु पक्ष विपक्षमा एक अर्काको आलोचना गर्छन। त्यो स्वभाविक पनि हो। तर हाम्रो मुलुकमा भने देसको नेतृत्व गर्नेहरु नागरिकको हितका लागि पक्ष र प्रतिपक्षमा उभिनु भन्दा एक अर्कोलाई व्यत्तिगत रुपमा खुइल्याउन उद्धत छन। नेपाली राजनीतिको विडम्बना भन्नु पर्छ, दलका नेताहरु राजनीतिक मुद्दामा भन्दा सतही रुपमा रुपमा एकले अर्काको खेदो खन्न कुनै कसर बाकि राख्दैनन्। अहिले निष्ठाको राजनीति गर्ने इमानदार व्यक्ति राजनीतिबाट पलायन भइरहेको वेला आसन्न निर्वाचन नै नेतृत्वमा रहेकाहरुको गालीगलौजकै कारण प्रदुसित बन्दै छ।

पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएको छ। प्रधानमन्त्री देखि मन्त्री सम्मले छुद्र टिप्पणी गरिरहेका छन। गैर राजनीतिक क्षेत्रमा राजनीतिको तिब्र भोग जागेको छ। पैसा भएकाहरुले राजनीति गर्नेहरुलाई आफ्नो इसारामा नचाइरहेका छन। विश्वमा समृद्ध मुलुकका नेतृत्वहरु कसरी आफ्ना नागरिकलाई सुखी र खुशी राख्न सकिन्छ भनेर बहस गर्छन। हाम्रो देसमा भने राजनीति गर्नेहरुसँग आत्मबिश्वासको कमी छ। उनीहरु जनताको आवाज बुलन्द रुपमा बोल्न समेत सक्दैनन्। राजनीति गर्नेहरुले सबैपक्षका कुराहरु सुन्नु पर्ने हुन्छ। तर याँहा यसको ठिक उल्टो भइरहेको छ। मञ्चमा गयो कि, भाषण गर्नेहरु एक अर्कामाथि कठोर शब्दले प्रहार गर्न हौसिन्छन। तालीको भोका नेताहरु गरिब जनताको बीचमा जाँदा सत्ता र शक्तिको रवाफ देखाउछन।

राजनीति गर्नेहरुमा बिचार प्रधान हुनु पर्ने हो, तर मुलुकको राष्ट्रिय राजनीतिमा रहेकाहरु व्यक्ति प्रधान बाटोमा उन्मुख छन। यस्ता राजनीतज्ञहरु बाट जनताले सुन्दर भविश्यको कल्पना गर्नु नै विडम्बना हो। राज्यको सम्पत्तीको दोहन गरेर ठाँउ ठाँउमा छिद्र टिप्पणी गर्नेहरुले रोजगारीको खोजीमा हिडदा हिड्दै जुत्ता फाटेका नागरिकको पीडा कहिले पनि बुझेनन्। युवावर्गले हातमा बोकेको सर्टिफिकेट थोत्रो भइसक्छ तर गरिखाने वातावरण पाउदैनन्। नागरिकहरु अन्तिम विकल्पमा अरवको मरुभुमीमा भेडा चराउन जान बाध्य छन। कोहि कोरिया जान पाईने आशमा इपिएस परिक्षा दिन लाइन लाग्छन भने कोहि युरोप र अमेरीका छिर्ने लोभमा घरबार बेचेर दलाललाई लाखौं बुझाउन विवश छन। तर राजनीतिक भाषणमा नागरिकले भोगेका यस्ता बाध्यता कहिले पनि अटाएन।

निर्वाचन नजिकिँदै जाँदा दलका शीर्ष नेताहरु तँ तँ र म मको गालीगलौजमा उत्रिका छन। एकले अर्कोलाई गाली गरेर आफू मात्रै ठीक हुँ भनी मतदातासँग भोट मागिरहेका छन्। अघिल्लो दिनमा एक दलका नेताले लगाएको दोष मेट्न भोली पल्ट अर्को दलका नेताहरु गाली गलौजमा उत्रेका छन। यहाँ सम्म कि राजनीतिक भाषणहरुमा देस बनाउने एजेण्डा भन्दा एक अर्कालाई सत्तोसराप गर्ने तीखा शब्द प्रहार गर्ने प्रवृत्ति बढेको छ। सत्ता र शक्तिको दोहन गर्ने वेला मिल्नेहरु सत्ता बाहिर हुदा झनै बर्बराउछन।

निष्ठाको राजनीति गर्नेहरुमा मुलुकलाई सही बाटोमा लैजान नसके अरु लाई मौका दिनुपर्ने भावना हुन्छ। तर वर्तमान नेपाली राजनीतिमा जतिसुकै असफल नेतृत्व भए पनि पटक पटक सत्तामा जान लालायीत छन। हिजोका दिनमा एउटै पार्टीमा रहँदा घाटी जोडेर हिड्नेहरु आज एक अर्काप्रति लक्षित शब्दवाण प्रहार गरिरहेका छन। सार्वजनिक कार्यक्रममा आत्माहत्या गर्न मन लागेको भाषण गर्ने नेताहरु यति हाजार नागरिक मारेको जिम्म लिन्छु भनेर उद्घोष पनि गर्छन। । कुनै शुभ कार्यको शुभकामना दिँदासमेत व्यग्य गर्ने नेतृत्वबाट युवा पक्तिले पनि गालीगलौजको सिको गरेको देखिदै छन्। यहिले प्रवृतिले राजनीति गर्नेहरु कहाँ पुग्लान? उनीहरुको गन्त्व्य के हो वा यस्ताहरुले नेतृत्व गरेको देस र जनताको भविष्य के होला? यो गम्भिर प्रश्न हो।

Leave a Reply