नीति विना नै नेतृत्व चयन गर्ने दिशामा दलहरु (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नीति विना नै नेतृत्व चयन गर्ने दिशामा दलहरु (भिडियाे)

राजनीतिक दलहरु नीति विहिन अबस्थामा नेतृत्व चयन गर्दै, नेता प्रधान दलहरुभित्र देस बनाउने नीति गौण बन्यो, मुलुक गन्तव्यहिन दिशा तर्फ उन्मुख हुदै देसका प्रमुख राजनीतिक दलहरु महाधिवेशनबाट नेतृत्व चयन गर्ने क्रममा छन।

कुन दल ले देस र जनताका लागि के कस्तो नीति ल्याउछ भन्ने चर्चा चलेको वेला महाधिवेशन गरिरहेका दलहरु भने नीति विहिन अबस्थामा नेतृत्व चयन गरिरहेका छन। उनीहरुसँग आगामी पाँच बर्षमा पार्टी र देसलाई कस्तो बनाउने भन्ने ठोस खाका समेत छैन। यस्तो अबस्थामा नेतृत्व चयन गरिरहेका दलहरुले फेरि पनि देसलाई अनिश्चयको भुमरीमा धकेल्ने देखिएको छ।

अहिले प्रायजसो सबै राजनीतिक दलहरु महाधिवेशनक गर्नै पर्नै बाध्यतामा छन। संसदको सबै भन्दा ठूलो दल नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न भएको छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस १४ महाधिवेशनको संघारमा छ। अर्को सत्ता साझेदार दल माओवादी केन्द्र राष्टिय सम्मेलनको तयारीमा छ। राष्टिय प्रजातन्त्र पार्टीको महाधिवशन जारी छ। अन्य पार्टीहरु पनि पार्टीका महाधिवेशनको लागि तयारी गरिरहेका छन।

तर कुनै पनि राजनीतिक दलसँग देस र जनता केन्द्रित ठोस नीति छैन। नीति विनाको नेतृत्वले केहि गर्न सक्दैन। दलहरुले महाधिवेशनमा होमिनु भन्दा अघि नै देस बनाउनका निमित्त के कस्तो नीति बनाउने भन्ने विषयमा निर्णय नै लिनु पर्छ। देस विकासको खाका कोर्ने बारेमा उनीहरुको मार्गचित्र बारे जनतालाई थाहा हुनु पर्छ। किनकि राज्यको आकार र संरचना राजनीति ले नै तय गर्छ।

तर हाम्रो देसको दुर्भाग्य के छ भने, राजनीतिक दलहरु नीति विना नै दौडिरहेका छन। जसको कुनै गन्तव्य छैन। जुन राजनीति दिशाहिन बाटोमा हिडेको छ।

देसको सबै भन्दा पुरानो प्रजातान्कि पार्टी नेपाली कांग्रेस नीति नभएकै कारण जनताको प्रिय पार्टी बन्न सकेको छैन। देस बनाउने नीति विना नै राजनीति गरिरहेका कारण कांग्रेस जनताको नजरमा कुहिराको काग बनेकोछ। यसैकारण कुनै वेला राजनीतिको मियो पार्टी बनेको कांग्रेसको अहिले चमक नै हराएको छ। जनतासँग सम्वाद टुटेको छ।

कांग्रेसीहरुको जिब्रोमा विपीको नीति झुण्डिएको छ, राष्ट्रिय मेलमिलापको नीतिको चर्चा गर्ने कांग्रेस पार्टीभित्र स्वयम मेलमिलाप छैन। कांग्रेस चरम गुटबन्दी फसेको छ। व्यक्तिवादी प्रवृति हावी छ। पद प्राप्तिको होडबाजीमा अल्झीएको नेपाली कांग्रेससँग १४ औ महाधिवेशनमा पनि काग्रेस र देसलाई निश्चित दिशामा डोर्याउन सक्ने लरुक्षण देखिएको छैन। विपिको विचार कांग्रेसका लागि भोट माग्ने माध्यम मात्र बनेको छ।

अर्का तफै एमालेले दशौ महाधिवेशन गर्नु अघि काठमाण्डौको गोदावरीमा ६ हजार भन्दा बढि नेता कार्यकर्ता सम्मिलत विधान महाधिवेशन गर्यो। त्याहाँ बाट पारित गरेको नीति र विधानमा टकेर दशौ महाधिवेशन गर्यो। तर एमालेसँग पनि देसलाई कसरी सम्बृद्धको बाटोमा डोर्याउने भन्ने ठोस नीति देखिएन। सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा केवल नारामा सिमित हुने देखिएको छ।

राप्रपाको जारी महाधिवेशनमा पनि देस बनाउने नीति देखिदैन। कुन गुटबाट कसलाई कसरी जिताउने भन्ने अभियानमा नेताहरु उद्धत छन। माओवादी केन्द्रको त कुरै नगरे भयो। उसको नेतृत्वले कहाँ गएर के बोल्छ र के गर्छ भन्ने पत्तो स्वयम माओवादी नेताहरुलाई छैन। देस र जनताका कुरा माओवादीले सत्तामा जादा र चुनाव आउदा मात्र गर्ने गरेको छ।

अन्य राजनीतिक दलहरुसँग पनि जनतालाई आकर्षण गर्न सक्ने ठोस नीति छैन। कुनै पनि दलभित्र नीति प्रधान र नेतृत्व गौण हुनु र्ने हो। तर अहिले यसको ठिक विपरित भइरहेको छ। पार्टीहरु भित्र नेता प्रधान बनेका छन भने नीति गौण बनेको देखिन्छ।

नीति विनाको राजनीति गरिरहेका नेताहरु विदेसी प्रभुहरुको आर्सिवादमा पार्टी र राज्यका पद हडपने काम गरिरहेका छन। देसको अर्थतन्त्र असफलताको बाटोमा उन्मुख छ। जनतालाई भुलभुलायमा पारेर सधै राष्टियताको कुरा गर्ने दलहरुले राष्टको हितमा काम गर्न सकेका छैनन। व्यक्तिगत स्वार्थमा फसेका सिमित नेताहरु विदेसी शक्ति केन्द्रसँग मिलेर देसलाई नै तहस नहस बनाउने विदेसीको योजनाका सारथी बनेका छन।

विकास निर्माण सबै राजनीतिक दलहरुको साझा एजेण्डा बन्नुपर्ने हो। तर त्यसमा कसैको ध्यान जान सकेको छैन। देसलाई विकास र समृद्धिको दिशामा डोर्याउन अबको राजनीतिक एजेण्डा विकासमुखी हुनु पर्ने हो। विकासको पर्खाइमा बसेका जनतालाई केन्द्रमा राखेर पार्टीका नीति बन्नु पर्ने हो। तर नेताहरुले केवल भोटका लागि गाउँ गाउँमा पुगेर झुटा आश्वासन बाँडि रहेका छन। कसरी मतदातालाई आकर्षित गर्न सकिन्छ त्यो अभियानमा लागेका छन।

अजेण्डा विनाको यात्रा गरिरहेका दलहरुकै कारण राष्ट्रिय राजनीति अनेकन उतारचढावबाट गुज्रिरहेको छ। कुनै पनि पार्टीभित्र फरक मत राख्ने नेताहरुको राजनीति सिध्याउने खेल जारी छ। दलहरु घात, प्रतिघात र अन्तर्घातको चक्रमा फसेका छन। स्वस्थ र मर्यादित प्रतिस्पर्धी भावनाको विकास हुन सकेको छैन। जीत र हारलाई स्वभाविक रुपमा लिने परिपार्टी बस्न सकेन। पार्टीभित्र सस्थागत निर्णय हुन छाडेका छन।

नेतृत्वमा जानेहरुको स्वेच्छाचारीता बढ्दै गएको छ। यस्तै प्रवृतिबाट नेतृत्व चयन गरिरहेका दलहरुले आगामी पाँच वर्ष पनि देसलाई गन्तव्यहित अबस्थामा सिमित राख्ने निश्चित छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);