एआईजी ढकाल अझै डीआइजी | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

एआईजी ढकाल अझै डीआइजी

बैशाख ३१, २०८१प्रहरी प्रधान कार्यालयले आफ्नो वेबसाइट बेलैमा अपडेट नगर्दा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को फूली लगाइसकेका भीम ढकाल अझै प्रहरी नायब महानिरीक्षक डीआइजी कै रुपमा चिनिएका छन् ।

मुख्यालयले प्रवक्ताको रुपमा भीम ढकालको डीआईजीको फूली लगाएको फोटो राखेर केन्द्रीय प्रवक्ताको रुपमा राखेको छ ।​

एआईजी ढकालको मानव स्रोत विकास विभागमा पदस्थापन भइसकेको छ । मुख्यालयले अझै प्रवक्ताको जिम्मेवारी कसैलाई पनि तोकेको छैन ।

सहायक प्रवक्ताको रुपमा यसअघि एसएसपी दानबहादुर कार्कीलाई तोकिएको थियो ।

Leave a Reply