नेपाल प्रहरीका ११ जना डीआईजी एआईजीमा बढुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१९ साउन, काठमाण्डौँ । सरकारले नेपाल प्रहरीका ११ जना डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । एआईजीमा बढुवा हुने डीआईजीमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहनुभएको छ ।

आईजीपीमा बढुवा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका डीआइजी नवराज सिलवाल भने बढुवामा छुट्नुभएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);