प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान, यस्ता छन् दर्ताका नियम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान, यस्ता छन् दर्ताका नियम

निर्वाचन आयोगद्वारा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान, दलहरुलाई भदौ ११ गतेसम्मको समय, गत आवको लेखापरीक्षण प्रतिवेदन बुझाउनुपर्ने ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं ।। निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले शनिबार सूचना निकालेर राजनीतिक दलहरुलाई आगामी भदौ ११ गतेसम्ममा दल दर्ता गराउन आह्वान गरेको हो ।

राजनीतिक दलले निर्वाचनमा भाग लिन आयोगमा दर्ता हुनुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले दल दर्ताका लागि निवेदन दिंदा गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्न आग्रह गरेको छ ।

दलहरुले निवेदन पेश गर्दा आफूले लिन चाहेको निर्वाचन चिन्हको कम्तीमा छुट्टै तीन प्रकारका नमूना र त्यसको विद्युतीय प्रति बुझाउनुपर्ने छ ।

दल दर्ताका लागि सार्वजनिक विदाका दिनमा पनि कार्यालय खुला रहने आयोगले जनाएको छ ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);