राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

nirbachan aayog

काठमाडौं, २७ मंसिर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो ।

नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ तथा रानीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४८ बमोजिम मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर तथा महानगरपालिकाका प्रमखु र उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउने छन् ।

राष्ट्रियसभाको उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोके बमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

यसअघि दर्ता भएका वा नभएका दलहरुले निर्वाचनमा भाग लिन चाहेको अवस्थामा आवश्यक कागजातसहित आयोगमा निवदेन दिन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन दार्ता हुने पुराना दलहरुले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि कुनै दलले दल दर्ता गर्न नचाहेको खण्डमा दलको मान्यता र आधिकारिक रुपमा काम गर्ने कुरामा कुनै असर नपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

उहाँले राष्ट्रियसभा निर्वाचनमा भाग नलिने दलहरुले पनि लेखा परीक्षण प्रतिवेदन बुझाउनु पर्ने उहाँले बताउनुभयो ।

कुनै राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको खण्डमा सामान्य सोधपुछ बाहेक अरु कुनै कारवाही गर्ने अधिकार ऐनले आयोगलाई दिएको छैन् ।

राष्ट्रियसभाका एक तिहाइको सदस्य अर्थात १८ सिटका लागि निर्वाचन हुँदैछ । एकजना सदस्यलाई राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९ (एक राष्ट्रपतिबाट मनोनित समेत), नेपाली कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ र समाजवादी पार्टीका १ एकजनाको २ वर्षे कार्यकाल फागुन २० मा सकिँदै छ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन ३५ दिन बाँकी रहँदा निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);