राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, पुस १३ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न राजनीतिक दलहरुलाई आज आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमा नै हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको हो ।

‘नेपालको संविधानको धारा २६९ बमोजिम संवत् २०७४ साल असार मसान्तसम्म यस आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ताको लागि पन्ध्र दिनभित्र निवेदन पेश गर्नु’ आयोगले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);