राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा २१ दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

काठमाडौं, पुस २८ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दलले निवेदन दर्ता गराएका छन् । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनको समय दिएर  दल दर्ता गर्न आह्वान गरेको थियो ।

जस अनुसार शुक्रबार अन्तिम दिनसम्म २१ वटा राजनीतिक दलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।

निवेदन दिएका राजनीतिक दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने कार्यलाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित भइसकेको छ । निर्वाचन कार्यतालिका अनुसार पुस २९ गते शनिवार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको अायाेगले जनाएकाे छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि