देउवाले सत्ता हस्तान्तरणमा आलटाल गरेको प्रचण्डको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देउवाले सत्ता हस्तान्तरणमा आलटाल गरेको प्रचण्डको आरोप

काठमाडौं, २८ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरणमा आलटाल गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन् । उनले राजश्वको दुरुपयोगसँगै कामचलाउ सरकारले गर्न नमिल्ने अत्तिरिक्त काम गरिरहेको भन्दै देउवा सरकारमा बसिरहनुको औचित्य सकिएको प्रष्टोक्ति दिएका छन् ।

आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा अध्यक्ष दाहालले सत्ता हस्तान्तरणमा आलटाल भइरहेको आरोप लगाएका हुन् । ताजा जनादेश अनुसार सरकार गठनका लागि आवश्यक वातावरण निर्माण गर्न प्रधानमन्त्री देउवाले ढिलासुस्ती गरेको दाहालले पठाएको पत्रमा उल्लेख छ ।

विना विभागीय भएर सरकारबाट बाहिरिन प्रधानमन्त्रीले गरेको आग्रहको तीन महिनामा सरकार छोडेको माओवादीले पत्रमा भने राजश्वको दुरुपयोग, कामचलाउ सरकारले गर्न नमिल्ने अत्तिरिक्त काम गरिरहेको भन्दै सरकारमा बसिरहनुको औचित्य सकिएको उल्लेख गरेको छ । अध्यक्ष दाहालको पत्रमा असोज–२ को स्थानीय तह निर्वाचन तथा मंसिर १० र २१ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मात्र आफ्नो पार्टीले देउवा नेतृत्वको सरकारमा सहभागिता जनाएको उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);