भूसालले फर्काए अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ, 'व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्' | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भूसालले फर्काए अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ, ‘व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्’

काठमाडौं, १७ चैत । नेकपा एमालेको उपमहासचिव घनश्याम भूसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ फर्काएका छन्।

उपमहासचिव भूसालले मंगलबार उल्टै अध्यक्ष ओलीलाई प्रश्न तथा आरोप सहितका जवाफ पत्र फर्काएका छन् । पार्टी अध्यक्ष ओलीले पार्टीको विपक्षमा गुटगत भेला गरेको भन्दै सोधिएको स्पष्टिकरणमा नेता भुसालले अध्यक्ष ओलीले नै गुटबन्दी गरेको आरोप लगाएका छन् । उनले गएको फागुन २८ गते बालुवाटारमा बसेका बैठकलाई गुटगत भेलाको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले नै गुटगत भेला गरेको आरोप लगाएका हुन् । साथै उनले प्रधानमन्त्री ओलीले पार्टी विधानको ठाडै उल्लघंन गरेको पनि आरोप लगाएका छन् ।

“सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमाले को विधिवत् बैठक बोलाउनुको साटो तपाईले कन्द्रीय कमिटीका अन्य सदस्यहरुलाई कुनै जानकारी नदिई गोप्यरुपमा गत फागुन २८ गते प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना गुटका मानिसहरुको भेला बोलाएर त्यसैलाई कथित केन्द्रीय कमिटीको बैठक भनेर पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको वक्तव्य सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लङ्घन गर्नु भएको छ । त्यहिँबाट पार्टीमा विभाजनको रेखा कोरिएको छ । ”

नेता भुसालले अध्यक्ष ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् भन्दै अनुरोध समेत गरेका छन् । पार्टीका अग्रजहरुको त्याग बलिदानले निर्माण गरेका केही विरासत बाँकी रहेको बताउँदै त्यसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनजिर्वित गर्न सक्ने बताएका छन् । त्यसैले पार्टीलाई अगाडि बढ्न दिनका लागि अध्यक्ष ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यँझनुस् भन्दै “ क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाई दण्डित हुनु हुनेछ ” पत्रमा उल्लेख गरेका छन् ।

पत्रको पूर्ण पाठ :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);