काठमाडौँ ।
संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्याली आयोजना गरेको छ । ‘बाढीपीडितका लागि साइकल ¥याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले र्यालीको उद्घाटन गरेका थिए । इमाडोलबाट शुरु भएको र्याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार हुँदै पुनः विद्यालय परिसरमा आएर सम्पन्न भएको थियो। ¥याली २० र २५ किलोमिटर गरी दुई विधामा सञ्चालन गरिएको थियो । विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइकल ¥यालीलाई खेलकुदसँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए। दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ । विद्यालयले अबदेखि हरेक वर्ष संविधान दिवसका अवसरमा साइकल र्याली आयोजना गर्ने जनाएको छ ।




