फुट र विसर्जनमा जाननदिन कार्यकर्ता भेला : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

फुट र विसर्जनमा जाननदिन कार्यकर्ता भेला : नेपाल

काठमाडौं, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकतावद्ध बनाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताएका छन। बुधबार नेपाल समूहले सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई फुट र विसर्जनमा जान नदिनका लागि भेला आयोजना गरिएको बताए । उनले कम्युनिस्ट आन्दोलन र पार्टीमा निरन्तर लागिरहेका योद्धाहरु आफ्नो साथमा रहेको भन्दै आफूहरु लोकतन्त्रको पक्षमा रहेको उल्लेख गरेका छन ।

त्यस्तै कार्यकर्ता भेलाई संवोधन गर्दे एमाले नत्री एवंम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युन्ष्टि आन्दोलन आफूहरुको पहिलो प्राथामिक्ता रहेका बताएकी छिन , उनले सवै बामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर देश विकाशमा अघि बढ्नुपर्नेमा जोड दिइन । साथै उनले प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष ओलीले आफ्नो पक्षलाई कारबाही गर्छु भन्नुुभएको छ तर त्यस्ता कुराबाट कोहि पनि विच्चलित नहुनु पार्टीका नेता तथा कार्यकर्ता प्र्रक्तिलाई आग्र समेत गरिन ।

त्यस्तैे फरक प्रसंङगमा उपाध्यक्ष शाक्यले आफूहरुले आयोजना गरेको भेला गुटको नभई सिङगो नेकपा एमालेको भएको समेत स्पष्ट पारेकि छिन ।साथै समय बाँकी भएकाले गत फागुन २८ गते बालुवाटारमा गरिएको निर्णय फिर्ता लिएर भेलामा उपस्थित हुन ओलीलाई आग्रह पनि गरेकी छिन ।

भेलालाई सम्बोधन गर्दे पार्टीका बरिष्ठ नेता एवंम पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले प्रधानमन्त्री ओलीले पाटीलाई विभाजन र विर्सजनतर्फ लान खोजेको आरोप लगाएका छन ।

भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा बर्तमा प्रधानमन्त्री ओलीले एकल निर्णय गर्न थालेको आरोप लागाएका हुन । उनले भने ‘केपी ओलीले जुन ढ्रगले संविधान विपरित काम गर्नुभएको छ । त्यस्ले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास भएको छ । जस्का कारण पार्टीनै फुटको संघारमा उध्त्त भएको उनले बताए ।

वरिष्ठ नेता खनालले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने बताए ।

गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरुको उपस्थितिमा एमालेको पदाधिकारी खारेज गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र विधान संशोधन गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्री केपी ओलीले गत फागुन २८ गते संसद विघटन गरेसंगै रुष्ट बनेको नपाल समुह पार्टीबाट बाहिरिएको थियो ।

नेपाल सुमहले पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै नेपाल समुहले आज र भोलि काठमाडौंमा बृहत्त राष्ट्रिय भेलाको आयोजना गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);