नेकपा एमालेको नेपाल–खनाल पक्षको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा एमालेको नेपाल–खनाल पक्षको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आज

काठमाडौं, ६ चैत। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनालसमूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ ।

काठमाडौंको कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने भेलाको वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भेलामा देशभरबाट ५ सय भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।

पार्टीभित्र विकसित घटनाक्रमबारे महिलाहरुलाई जानकारी दिने उद्देश्यले भेला आयोजना गरिएको अखिल नेपाल महिला संघले जनाएको छ ।

यसअघि नेपाल–खनाल समूहले आफू पक्षीय कार्यकर्ताको दुई दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै उक्त समूहले समानान्तर गतिविधिसमेत अगाडि बढाइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);