ओलीसँगको लामो मायाप्रिती यति चाँडो टुँगिदैन : नेपाल | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

ओलीसँगको लामो मायाप्रिती यति चाँडो टुँगिदैन : नेपाल

काठमाडौं, ७ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका छन्।

शनिबार नेकपा एमाले नेपाल–खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीसँग आफ्नो ४८–४९ वर्ष लामो मायाप्रिती रहेको टिप्पणी गर्दै सो सम्बन्ध यति चाँडो नटुँगिने बताए ।

साथै नेता नेपालले ३ बर्षदेखि पार्टीमा खिया लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् । पूर्ववत रुपमा रहेका पार्टीका सवै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भईरहेको उने स्पष्ट पारे ।

उनले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेको सर्वोच्च अदालतको फैसलाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उनले किसान संघ, उत्पीडित समुदाय लगायतको राष्ट्रियभेला गरि पुर्नजीवन र पुर्नताजगी दिने बताए । उनले लोकतन्त्रको पक्ष र प्रतिगमनकारीविरुद्धको आन्दोलनमा आफूहरु एकताबद्ध भएर अघि बढ्ने जिकिर गरे । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीको अवस्था देखेर झोक्र्याएर नबस्न पनि उनले युवाहरुलाई निर्देशन दिए । उनले नयाँ उत्साह र जोशका बैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दावी गरे ।

Leave a Reply

ताजा समाचार