सम्मानजनक हैसियतबिना ओलीसँग मिसिनु राजनीतिक आत्महत्या सरह हुन्छ : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सम्मानजनक हैसियतबिना ओलीसँग मिसिनु राजनीतिक आत्महत्या सरह हुन्छ : नेता नेपाल

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतमा मात्र पार्टी एकता हुनुपर्ने बताएका छन् ।

बिहीबार आफू निकट केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । सम्मानजनक पार्टी एकता हुने वातावरण नबन्दासम्म पार्टी अध्यक्ष केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने उनको टिप्पणी छ ।

सम्मानजनक हैसियतबिना पार्टी एकताको रटानले मात्र नहुने उनको भनाई छ । आफू एकता कै पक्षमा भएको उनले स्पष्ट पारे । उनले भने–‘‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन । म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियतबिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’

नेता नेपालले ओलीको पछिल्ला अभिव्यक्तिहरुले पार्टी एकताको पक्षमा नरहेको जिकिर गरे । ओली पक्षका नेताहरु नै आएर आफूसँग पार्टीका एकताका लागि छलफल गरिरहेको भएपनि ओल भने एकलकाँटे कुरा गर्न नछोडेको उनको आरोप छ । उनले भन–‘‘‘हामी सबै साथीहरु एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्, तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’

त्यसैगरी नेता नेपालले बैठकमा सम्बोधन गर्दै ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णयले एकताको माहोल बिग्रिएको पनि बताएका छन ्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);