भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौँ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मान) बाट सम्मानित गरेको छ । नेपाल र भियतनामबीचको कुटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरेको हो। भियतनामको वैदेशिक सेवामा पु¥याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान गरिएको उक्त सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङले हस्ताक्षर गर्नुभएको छ ।

नेपालमा रहेका भियतनामी नागरिक तथा व्यवसायीहरूलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै दुई देशबीचको द्विपक्षीय सहयोग अभिवृद्धिमा सेतुको रूपमा काम गरेको भन्दै भियतनाम सरकारले श्रेष्ठको योगदानको प्रशंसा गरेको छ । सम्मान ग्रहण गर्दै अवैतनिक महावाणिज्यदूत श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भियतनाम दूतावासप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार