रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित   | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित  

खोटाङ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका चार महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय डोरमणि पोखरेल र कनककुमारी पोखरेलको स्मृतिमा छोराछोरीले स्थापना गरेको प्रतिष्ठानले ७६ महिला स्वास्थ्य स्वयंसेविकामध्ये उत्कृष्ट चार जनालाई सम्मान गरेको हो ।

दुर्गम ठाउँका सर्वसाधारणको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याएकामा रावाबेँसी गाउँपालिका–१ कुभिन्डेकी चेतना राई, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका खुमा श्रेष्ठ, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका बिमला भुजेल र रावाबेँसी गाउँपालिका-५ दुबेकोलकी रणदत्त पोखरेललाई जनही सात हजार रूपैयाँ र सम्मान–पत्र प्रदान गरिएको छ । आर्थिक तथा भौगोलिक कठिनाइका बाबजुद पनि दुर्गमका सर्वसाधारणको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिष्ठानले हरेक वर्ष उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई ‘कनकुमारी पोखरेल उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका’ पुरस्कार प्रदान गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);