विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

खोटाङ। खाेटाङमा विद्युत सर्ट भएर लागेकाे आगाेबाट पसल जलेको नष्ट भएकाे छ। आगलागीबाट रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुई तले  घरमा रहेकाे पसलमा आगलागी भएको हो ।

शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए । आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);