विद्युत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विद्युत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति

nepalgunj aaglagi

दाङ, २७ असार । दाङमा एक खुद्रा पसलमा विद्युत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । तुलसीपुर उपमहानर-१७ भण्डारी चोक नजिकै सेवक बस्नेतको घर भाडामा देव बहादुर बस्नेतले सञ्चालन गरेको खुद्रा पसलमा शुक्रवार राति साढे ९ बजेतिर आगलागी भएको हो ।

विद्युत सर्ट भईआगलागी हुँदा १५ लाख बराबरको क्षति भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आगलागीमा सम्पुर्ण सामान जलेर नष्ट भएको र लाखौं बराबरको क्षति भएको कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिनुभयो ।

आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा झन्डै पौने एघार बजे नियन्त्रणमा लिइएको हो । आगलागीबाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);