अरनिको राजमार्ग ११ ठाउँमा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अरनिको राजमार्ग ११ ठाउँमा अवरुद्ध

pahiro

काठमाडौं, २७ असार । अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गको ११ स्थानमा सडक कटान भएको छ । गत बुधबारदेखिको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको जुरेमा झन्डै १ सय मिटर सडक कटान गरेको छ भने बाह्रबिसे बजार छेउको सडक पनि कटान गरेको छ ।

जुरेदेखि नेपालको चीनसँगको प्रमुख नाका तातोपानीसम्म अरिनिको राजमार्गका ११ स्थानमा सडक कटान भएको छ । बाढी र पहिरोले सडक बिगारेपछि तातोपानी नाकासँगको सम्बन्ध टुटेको छ । २०७२ को भूकम्पपछि अवरुद्ध बनेको तातोपानी नाका २०७५ जेठ १५ मा मितेरीपुलको निर्माणपछि उद्घाटन गरिएको थियो ।

केहीदिनदेखि सञ्चालनमा आएको नाका बाढी पहिरोले सडक अवरुद्ध गरेपछि बन्द भएको छ । नेपाल र चीनबीचको व्यापारका क्रममा सो नाकाबाट मात्रै २ अर्ब बढी राजस्व संकलन हुने गरेको थियो । चीनले सुख्खा बन्दरगाह बनाएर नाका खुलाउन लागेको बेला फेरि बाढीले सडक अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउन अझै केही दिन लाग्ने जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);