बाढीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाढीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध

pasang lamhu sadak

काठमाडौं, ३ भदौ । अविरल वर्षापछि आएको बाढीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खु पुलमा खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको हो । आइतबार बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका एक र दश नम्वर वडा जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सडक नै कटान भएकोले निर्माणको लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । सडक अबरुढ हुँदा उत्तरी नाका केरुङबाट सामान लिएर आएका कन्टेनर सहित सयौं यात्रुवाहक बस अलपत्र परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);